Skip to content
LAXMI SUNRISE BANK

भाटभटेनीमा भेटियो ढुसी परेको नरिवल

अर्थ सरोकार

काठमाडौँ । भाटभटेनी सुपरमार्केटमा ढुसी परेको नरिवल फेला परेको छ । काठमाडौँको त्रिपुरेश्वरस्थित भाटभटेनीमा प्याक गरिएका र बिक्रीको लागि राखिएका नरिवलमा ढुसी परेको पाइएको हो । 

उपभोक्ताले गरेको उजुरीका आधारमा महानगर प्रहरीसहितको टोलीले गरेको अनुगमनका क्रममा ढुसी परेको नरिवल फेला परेको अनुगमनमा सहभागी एक महानगर प्रहरीले बताएका छन् । 

ती नगर प्रहरीका अनुसार भाटभटेनी सुपरमार्केटमा फेला परेका ढुसी परेका नरिवल खाद्य प्राविधिकको रोहरबरमा नष्ट गरिएको छ । 

दैनिक सयौँ उपभोक्ता किनमेलका लागि पुग्ने देशकै प्रतिष्ठित सुपरमार्केटमा ढुसी परेको नरिवल फेला परेपछि आवश्यक कारबाहीका लागि कृषि तथा पशुपंक्षी विभागमा पठाइएको ती नगर प्रहरीले जानकारी दिएका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK