काठमाडौँ। नेपालको अग्रणी डिजिटल रेमिट्यान्स कम्पनी ईसेवा मनी ट्रान्सफरले आफ्नो ब्राण्ड प्रवर्द्धकका रूपमा नेपाली क्रिकेटर दिपेन्द्र सिंह ऐरीलाई पुन: अनुबन्ध गरेको छ। विगत एक वर्षदेखि ईसेवा मनी ट्रान्सफरको ब्राण्ड प्रवर्द्धकका रूपमा अनुबन्धित भएका ऐरीसँगको सम्झौताको अवधि पुन: थप गरिएको हो।
यही मंसिर १४ गते एक कार्यक्रमबीच ईसेवा मनी ट्रान्सफरको प्रधान कार्यालय पुलचोक, ललितपुरमा कार्यालयका प्रमुख कार्यकारी अधिकृत अजेश कोइराला र दिपेन्द्र सिंह ऐरीबीच पुन ब्रान्ड प्रवर्द्धक सम्झौतापत्रमा हस्ताक्षर भएको थियो।
कार्यक्रममा ब्रान्ड प्रवर्द्धक दिपेन्द्र सिंह ऐरीले ईसेवा मनि ट्रान्सफरसँगको यात्रालाई निरन्तरता दिन पाउँदा खुसी व्यक्त गरे। सम्झौताअनुसार ऐरीले ईसेवा मनि ट्रान्सफरले प्रदान गरिरहेको डिजिटल रेमिट्यान्स सेवाको प्रचार गर्दै ‘ब्राण्ड प्रवर्द्धक’ को रुपमा कार्य गर्ने छन् ।
ईसेवा मनी ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत अजेश कोइरालाले नेपाली क्रिकेटलाई अगाडि बढाउनमा महत्त्वपूर्ण योगदान दिँदै आएका प्रमुख खेलाडी दिपेन्द्र सिंह ऐरी जस्ता प्रतिभाशाली व्यक्तित्वलाई ब्रान्ड प्रवर्द्धकका रूपमा निरन्तरता दिन पाउनु आफैंमा गर्वको विषय भएको बताएका छन् ।
सन् २०१९ मा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ईसेवा मनी ट्रान्सफरले परम्परागत शैलीका साथै डिजिटल माध्यमबाट पनि विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ। इसेवा वालेट, बैंक तथा वित्तीय संस्था, र आफ्ना भुक्तानी केन्द्रहरूको माध्यमबाट सेवा दिने यो कम्पनी, एफवान सफ्ट ग्रुपअन्तर्गतको भगिनी संस्था हो। जसले नेपालभर फिनटेकमा आधारित भुक्तानी प्रणालीलाई सशक्त बनाउँदै आएको छ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्