×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

हिरासतमा रवि सुतेको फोटो भाइरल गर्ने डा. निकोलस पक्राउ

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

हिरासतमा रवि सुतेको फोटो भाइरल गर्ने डा. निकोलस पक्राउ

Artha Sarokar

८ पुष २०८१, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । डा.निकोलस भुसाल पक्राउ परेका छन् । पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने हिरासतमा सुतिरहेको फोटो खिचेर भाइरल गरेको आरोपमा भुसाल पक्राउ परेका हुन् ।

उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले काठमाडौँको थलीबाट पक्राउ गरेको हो ।

भुसालले हिरासतमा सुतिरहेका रवि लामिछानेको फोटो प्रहरीको सीसीटिभिमा आफूले खिचेको स्वीकार गरिसकेका छन् । उनले सामाजिक सञ्जालमार्फत शनिबार रविलाई भेट्न गएको बेला रवि हिरासतभित्र सुतिरहेको फोटो खिचेको बताएका छन् ।

पक्राउ परेका भुसाललाई थप अनुसन्धान तथा कारवाहीका लागि पोखरा पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

CITIZEN LIFE INSURANCE
National Life Insurance
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी