काठमाडौँ । कुखुराको अण्डाको भाउ घटेको छ । नेपाल लेयर्स कुखुरापालक संघका अनुसार आज (मंसिर १६ गते) देखि कुखुराको अण्डाको मूल्य घटेको हो ।
यसअघि कात्तिक २० गते कुखुराको अण्डाको भाउ प्रतिक्रेट ४ सय ९० रुपैयाँ तोकिएको थियो । तर, अण्डाको भाउ घटेसँगै अण्डाको मूल्य प्रतिक्रेट ४ सय ४० रुपैयाँ कायम गरिएको छ ।
त्यस्तै, आजदेखि स्थानीय बजारमा ठूलो अण्डाको मूल्य प्रतिक्रेट ४ सय ५५ रुपैयाँ पर्ने भएको छ । यसअघि ठूलो अण्डाको मूल्य प्रतिक्रेट ५ सय रुपैयाँ तोकिएको थियो ।
आजदेखि अण्डाको मूल्य घटे पनि सबैभन्दा ठूलो अण्डाको मूल्य भने नतोकिएको संघले जनाएको छ । संघका अनुसार हाल सबैभन्दा ठूलो (एक्सएल) अण्डा प्रतिक्रेट ५ सय २० रुपैयाँमा बिक्री भइरहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्