काठमाडौं । पाँच महिनामा १ अर्ब ७६ करोड युनिट विद्युत भारत निर्यात भएको छ । चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा १३ अर्ब ४ करोड रुपैयाँ बराबरको बिजुली भारत निर्यात भएको हो ।
नेपाल विद्युत प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत भारत निर्यात गरिएको जनाएको हो । साउन, भदौ, असोज, कात्तिक र मंसिरमा देशभित्र खपतगरी अतिरिक्त भएको वर्षायामको विद्युत भातरतर्फ निर्यात गरिएको हो । भारततर्फ निर्यात गरिएको विद्युतको औसत दर प्रतियुनिट ७ रुपैयाँ ३९ पैसा छ । नेपाल-भारतबीचको सम्झौता अनुसार विद्युत निर्यात गरिएको हो ।
बाढी पहिरो र सुख्खायामका कारण तुलनात्मक रुपमा विद्युत निर्यात घटेको प्राधिकरणको भनाइ छ । प्राधिकरणका अनुसार साउनमा सबैभन्दा बढी ४ अर्ब १५ करोडको विद्युत निर्यात भएको छ । त्यसपछिका महिनामा निर्यात घटेको तथ्यांक छ । प्राधिकरणले चालू आर्थिक वर्षमा करिब ३० अर्ब रुपैयाँको विद्युत निर्यातको लक्ष्य राखेको छ ।
हिउँद सुरु भएसँगै नदी तथा खोलानालामा पानीको बहाव घट्ने भएकाले जलविद्युत आयोजनाहरुको विद्युत उत्पादन कम हुने प्राधिकरणको भनाइ छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्