काठमाडौँ । स्वतन्त्र निजामती कर्मचारी अभियानको केन्द्रीय संयोजक पशुपति पोखरेलले मंसिर १७ गतेदेखि सहरी विकास मन्त्रालयको गेट अगाडि उभिएर धर्ना दिइरहेका छन् । सहरी विकास मन्त्रालयले समय नपुगी कर्मचारीलाई सरुवा गर्ने काम गरेको भन्दै उनले धर्ना दिइरहेको हुन् ।
पोखरेलले मंसिर १७ गतेदेखि निरन्तर दिनको ४ घण्टा धर्ना दिइरहेका छन् ।
‘दैनिक ११ बजेदेखि ३ बजेसम्म सहरी विकास मन्त्रालयको गेट अगाडि उभिएर धर्ना दिइरहेको छु ।’, उनले भने, ‘सहरी विकास मन्त्रालयले समय नपुगी कर्मचारीलाई सरुवा गर्ने काम गर्छ । डिजिदेखि आयोजना प्रमुखहरु फेरेर विकासको काम गर्नुपर्ने ठाउँमा कर्मचारीलाई उथलपुथल गरेर लेनदेनका आधारमा कर्मचारी सरुवा गर्छ ।’
त्यस्तै, उनले कर्मचारी सरुवा गर्न निश्चित मापदण्ड चाहिने भन्दै ऐन विपरीत गरिएका सरुवाहरु बदर गर्नुपर्ने माग राखेका छन् ।
साथै उनले विकास गर्ने मन्त्रालय विकासको बाटो छोडेर हिँडेको भन्दै सुशासनको लागि धर्नामा बसेको बताएका छन् । ‘सहरी विकास मन्त्रालय भनेको एउटा विकास गर्ने मन्त्रालय हो । विकासको बाटो कोर्नुपर्ने ठाँउमा कर्मचारीको सरुवा गर्नेतर्फ लागेको छ ।’, उनले भने, ‘यही कारण सुशासनको लागि म धर्ना बसेको हुँ । माग पूरा नभएसम्म धर्ना बस्छु ।’
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्