×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लक्ष्मी सनराइज क्यापिटलको साधारणसभा सम्पन्न, १५.७९ प्रतिशत लाभांश पारित

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

लक्ष्मी सनराइज क्यापिटलको साधारणसभा सम्पन्न, १५.७९ प्रतिशत लाभांश पारित

Artha Sarokar

१७ मंसिर २०८१, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । लक्ष्मी सनराइज बैंकको पूर्ण स्वामित्वमा बैंकको सहायक कम्पनीका रूपमा सञ्चालित लक्ष्मी सनराइज क्यापिटल लिमिटेडको १४औँ वार्षिक साधारण सभा आइतबारका सम्पन्न भएको छ ।

आर्थिक वर्ष २०८०/०८१ मा लक्ष्मी क्यापिटल मार्केट र सनराइज क्यापिटल एक आपसमा गाभिई २०८० पौष २३ गतेबाट संयुक्त कारोबारको थालनी गरिएको र दुई कम्पनीको मर्जर पश्चात् कम्पनीको चुक्ता पुँजी रु. ४८,८९,००,००० कायम भएको छ ।

वार्षिक साधारण सभामा प्रस्तुत भएका सामान्य प्रस्तावहरूमा आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन, सोही अवधिको आषाढ मसान्तको वासलात, नाफा-नोक्सान हिसाब, नगद प्रवाह विवरण सम्बन्धी प्रस्ताव पारित भएको छ । त्यस्तै, आर्थिक वर्ष २०८१/०८२ को लेखापरीक्षण कार्य सम्पन्न गर्न लेखा परीक्षक नियुक्ति गर्ने सम्बन्धमा निर्णय गरिएको छ ।

मर्जर पश्चात् आर्थिक वर्ष २०८०/०८१ को एकीकृत वासलात बमोजिम प्रति शेयर आम्दानी १९.६० प्रतिशत रहेकोमा वितरण योग्य आम्दानी १७.८९ प्रतिशत मध्येबाट आफ्ना सेयरधनीहरुलाई १५.७९ प्रतिशत अर्थात् रु. ७,७१,९४,७३६. ८० (१५ प्रतिशत कर बाहेक) नगद लाभांश वितरण गर्ने प्रस्ताव समेत पारित गरिएको छ ।

कम्पनीले करिब ७ अर्ब बराबरको ६ वटा बन्दमुखी म्युचुअल फण्ड र १ वटा खुल्लामुखी म्युचुअल फण्ड संचालन गर्दै आईरहेकोमा मिति २०८१/०२/२८ मा १ अर्ब २५ करोड रकम बराबरको सात वर्ष अवधिको लक्ष्मी इक्विटी फण्ड परिपक्व भई सात वर्षको अवधिमा इकाई धनीहरूलाई जम्मा ६३.६५ प्रतिशत प्रतिफल प्रदान गर्न सफल भएको र परिपक्व भए पश्चात् सोका इकाई धनीहरूलाई रु ११.१४ प्रति इकाईका दरले रकम फिर्ता भुक्तानी गरिएको छ ।

बाँकी ५ वटा योजनाले आर्थिक वर्ष २०८०/०८१ को मुनाफाबाट ४. ५० देखि १२.५० प्रतिशत प्रतिफल वितरण गरेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी