काठमाडौं । साताको कारोबारको दोश्रो दिन सोमबार सुनको मूल्य बढेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला दुई सय रुपैयाँले बढेको हो ।
कारोबारको अघिल्लो दिन प्रतितोला एक लाख ४९ हजार ६०० रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज दुई सय रुपैयाँले बढेर एक लाख ४९ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
यता चाँदीको मूल्य पनि ५ रुपैयाँले बढेर प्रतितोला १७९५ रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘सुनचाँदी पेज’ मा सो विवरण हेर्न सकिन्छ ।