काठमाडौँ । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको आइपिओ खुलेको छ । कम्पनीले मंसिर १९ गते (बुधबार) देखि वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आइपिओ खुला गरेको हो ।
कम्पनीले नेपाल धितोपत्र बोर्डमार्फत आइपिओ निष्कासनका लागि पाएको स्वीकृतिको १० प्रतिशत कित्ता आइपिओ वैदेशिक रोजगारीमा रहेको नेपालीका लागि खुलाएको हो । कम्पनीलाई बोर्डले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल २२ लाख ५० हजार कित्ता आइपिओ निष्कासनको स्वीकृति दिएको थियो ।
हाल बोर्डले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि २ लाख २५ हजार कित्ता सेयर बिक्री खुला गरेको छ । उक्त आइपिओका लागि पुस ३ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।
आवेदन दिँदा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ताका लागि आवेदन दिनुपर्नेछ । आइपिओ सी-आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत पनि आवेदन दिन सकिनेछ । आइपिओको बिक्री प्रबन्धकमा कुमारी क्यापिटल रहेको छ ।
कम्पनीले कुल कित्ताको ३ प्रतिशत (६७ हजार ५ सय कित्ता सेयर) कर्मचारी, ५ प्रतिशत (१ लाख १२ हजार ५ सय कित्ता सेयर) सामूहिक लगानी कोषका लागि सुरक्षित गरेको छ भने बाँकी रहेको १८ लाख ४५ हजार कित्ता सेयर सर्वसाधारणका लागि छुट्याएको छ । कम्पनीको आइपिओलाई रेटिङ एजेन्सी केयर नेपालले ‘केयरएनपी बीबी माइनस रेटिङ’ प्रदान गरेको छ । यसको अर्थ कम्पनीको दायित्व बहन गर्ने क्षमता मध्यम स्तरको रहेको जनाउँछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्