काठमाडौं । ‘केपीए वेडिङ फोटो अवार्ड’ २०२४ को आयोजना हुने भएको छ । उक्त अवार्ड कार्यक्रम काठमाडौं फोटोग्राफर संघले आगामी पौष १२ गते काठमाडौंको जमलस्थित राष्ट्रिय नाचघरमा गर्न लागेको हो ।
सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी कार्यक्रमका संयोजक आनन्द प्रभाकर घिमिरेले सो अवार्ड कार्यक्रम बारे जानकारी दिएका हुन् । यस्तै उनले फोटोग्राफी र भिडियोग्राफीमा आफ्नो भविष्य खोजिरहेका देशभरका सहकर्मीहरुलाई प्रोत्साहन र दक्षता विकासको उद्देश्यका साथ अवार्ड कार्यक्रम आयोजना गर्न लागेको बताए ।
अवार्डका लागि नेपालभरका प्रतिभाशाली फोटोग्राफरहरूले आफूले खिचेका विवाहका अधिकतम दुईवटा उत्कृष्ट फोटोहरू पेश गर्न गर्नुपर्नेछ । सँगै विवाहको भिडियो टिजर एमपिफोरमा, अधिकतम १ मिनेट ३० सेकेन्डको र २०० एमबीभन्दा कम साइजमा तयार गरी अधिकतम १ वटा भिडियो पठाउनु पर्नेछ ।
आवेदकले फोटो तथा भिडियो मङ्सिर ३० गतेसम्ममा पठाइसक्नु पर्नेछ । सो अवार्ड प्रतियोगीतामा सहभागी हुने उत्कृष्ट प्रतियोगीले फूल फ्रेम मिररलेश क्यामेरा पुरस्कार प्राप्त गर्न सक्नेछन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्