काठमाडौँ । होटल बाराही काठमाडौँले क्रिसमसको स्वागत गर्दै केक मिक्सिङ कार्यक्रम सम्पन्न गरेको छ । बाराहीले काठमाडौँको ठमेल प्रवेशद्वारमा रहेको होटलको प्राइभेट लाउन्जमा प्रतिष्ठित व्यक्तिहरूको उपस्थितिमा कार्यक्रम गरिएको हो ।
कार्यक्रममा कलाकार, उच्चपदस्थ व्यक्तिहरू र ट्राभल इन्फ्लुएन्सर लगायतको सहभागिता थियो। आमन्त्रित पाहुना सबैले केक मिक्स गरेका थिए । केकमा किसमिस, चेरी, काजु, पेस्ता, बदामलगायत मिसाइएको थियो ।
बाराही काठमाडौँका महाप्रबन्धक रोशन सापकोटाले कार्यक्रम केवल चाडपर्वको निरन्तरता मात्र नभई सम्बन्धहरूको सुदृढीकरण र उत्सवको आनन्द बाँड्ने अवसर भएको बताए । उनले भने, ‘प्रतिष्ठित पाहुनाहरूको साथमा यस्तो विशेष कार्यक्रम आयोजना गर्न पाउँदा हामी गौरवान्वित भएका छौँ।’ पाहुनालाई केक मिक्सिङ कार्यक्रमपछि बाराहीका सेफहरूले तयार पारेको परिकारहरूको विशेष मेनुमा आधारित दिवा भोजको व्यवस्था गरिएको थियो।
केशरमहलको अगाडि चोकैमा रहेको यस होटलबाट काठमाडौँ उपत्यकाको चारैतिरका सुन्दर दृश्यावलोकन गर्न सकिन्छ । वीर शमसेरले बनाएको फोहोरा दरबार, स्वप्न बगैंचा र नारायणहिटी दरबार होटलको आँगनमै भएको अनुभुति हुन्छ । त्यस्तै घण्टाघर, धरहरा, वसन्तपुर दरबार, ठमेल बजार, स्वयम्भू तथा उत्तरतर्फ शिवपुरीको हरियालीसँगै हिम श्रृंखला देख्न सकिन्छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्