काठमाडौँ । मेरो माइक्रोफाइनान्स लिमिटेडले लाभांश घोषणा गरेको छ । माइक्रोफाइनान्सले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीलाई ७.८९४ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।
कम्पनीको संचालक समितिको बैठकले ७.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३९४७ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
उक्त प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीले पाउने छन् ।
कम्पनीले गत वर्ष भने लाभांश वितरण गरेको थिएन ।