×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

वीरगञ्ज नाकाबाट चारपाङ्ग्रे सवारीको आयात घट्यो

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

वीरगञ्ज नाकाबाट चारपाङ्ग्रे सवारीको आयात घट्यो

Artha Sarokar

९ पुष २०८१, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । वीरगञ्ज भन्सार नाका हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा चारपाङ्ग्रे सवारीसाधनको आयात घटेको छ । वीरगञ्ज भन्सार कार्यालयका अनुसार चालु आर्थिक वर्षको पाँच महिनामा रु ९२ करोड तीन लाख ३६ हजार मूल्य पर्ने चार सय ८२ जीप, कार र भ्यान आयात भएका छन् ।

गत आर्थिक वर्षको पाँच महिनाका तुलनामा चालु आवको सोही अवधिमा संख्याको आधारमा ३८.१३ प्रतिशत र राजस्वको आधारमा १६.४३ प्रतिशतले सवारीसाधनको आयात घटेको हो । जबकि गत आर्थिक वर्षको सोही अवधिमा भने रु एक अर्ब २० करोड १४ लाख दुई हजार मूल्य पर्ने सात सय ७९ वटा जीप, कार र भ्यानको आयात भएको थियो । ती सवारीसाधन आयात हुँदा कार्यालयले रु दुई अर्ब ८० करोड ९१ लाख राजस्व सङ्कलन गरेको थियो ।

इन्धनबाट चल्ने जीप, कार र भ्यानको मात्रै नभएर वीरगञ्ज नाका हुँदै भित्रिने चारपाङ्गे विद्युतीय सवारीसाधनको पनि आयात घटेको भन्सारको तथ्याङ्कले देखाएको छ । चालु आर्थिक वर्षको पाँच महिनामा यो नाका हँुदै रु १४ करोड ७८ लाख छ हजार मूल्य पर्ने ९७ विद्युतीय जीप, कार र भ्यानको आयात भएको छ ।

गत आर्थिक वर्षको पाँच महिनाको तुलनामा चालु आवको सोही अवधिमा विद्युतीय सवारीसाधनको सङ्ख्याका आधारमा आयात ५९.०७ प्रतिशत र राजस्व सङ्कलनका आधारमा भने ५८.६३ प्रतिशतले गिरावट आएको छ । गत आर्थिक वर्षको सोही अवधिमा भने ४६ करोड ५८ लाख ५३ हजार मूल्य पर्ने दुई सय ३७ वटा विद्युतीय जीप, कार र भ्यानको आयात भएको थियो । ती सवारीसाधन आयात हुँदा कार्यालयले रु २० करोड ३५ लाख ५८ हजार राजस्व सङ्कलन गरेको थियो ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी