Skip to content
LAXMI SUNRISE BANK

कर्पोरेट डेभलपमेन्ट बैंकमा रोजगारीको अवसर, दिने होइन त आवेदन ?

अर्थ सरोकार

काठमाडौँ । कर्पोरेट डेभलपमेन्ट बैंकले रोजगारी खुलाएको छ । बैंकले एक सूचना जारी गर्दै मधेस प्रदेशका विभिन्न ठाउँका लागि केही संख्यामा रोजगारी खुलाएको हो।

बैंकले क्रेडिट टिम लिडर, हेड एएमएल सिएफटि अफिसर, हेड फाइनान्स अफिसर, ब्रान्च म्यानेजर, क्रेडिट एण्ड मार्केटिङ अफिसर, जुनियर असिस्टेन्ट पदका लागि कर्मचारी माग गरेको छ ।

इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकहरुले पुस २ गतेभित्र आवेदन दिन सक्नेछन् । बैंकका अनुसार आवेदकको उमेर १८ वर्षदेखि ३५ वर्षसम्मको हुनुपर्नेछ ।

साथै, अनुभव भएकालाई बढी प्राथमिकता दिइने बैंकले जनाएको छ ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK