Skip to content
LAXMI SUNRISE BANK

कालिका पावरको लाभांश घोषणा, नगद र बोनस कति ?

अर्थ सरोकार

काठमाडौँ । कालिका पावर कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको पुस ७ गते बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट ७ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३६ प्रतिशत नगद लाभांश गरी कुल ७. ३६ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

उक्त प्रस्तावित लाभांश कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीले पाउने छन् ।

कम्पनीले लाभांश पारित गर्नका लागि पुस २९ गते साधारण सभा पनि बोलाएको छ । सभा दियालो फुडल्याण्ड चितवन, भरतपुर-१०, चिवतना बिहान ११ बजे सुरु हुनेछ ।

सभामा आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सानलगायतका विषयमा छलफल हुनेछ । त्यस्तै, आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि छ ।

सभा प्रयोजनका लागि कम्पनीले पुस १९ गते बुक क्लोज गर्ने भएको छ । तसर्थ, पुस १८ गतेसम्म कायम सेयरधनीले मात्र सभामा भाग लिन पाउनेछन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK