काठमाडौँ । खुला रुपमा फोहोरमैला बालेर वायु प्रदुषण गर्नेलाई काठमाडौँ महानगरपालिकाले कारवाही गर्ने भएको छ । एक सूचना जारी गर्दै महानगरपालिकाले खुला रुपमा फोहोरमैला बालेर वायु प्रदुषण गरे कारवाही गर्ने चेतावनी दिएको हो ।
पछिल्ला दिन काठमाडौँमा अत्याधिक वायु प्रदुषण बढेपछि महानगरले वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन तथा आर्थिक ऐन बमोजिम कारवाही गर्ने जनाएको छ ।
जथाभावी फोहोरमैला बालेर वायु प्रदुषण गर्दा त्यसले जनस्वास्थ्यमा प्रतिकुल असर गर्ने भन्दै यस्तो कार्यमाथि प्रतिबन्ध लगाइएको महानगरले जनाएको छ ।
‘काठमाडौँ महानगरपालिका क्षेत्रमा खुला रूपमा प्लास्टिकजन्य फोहोरमैला तथा अन्य फोहोर जलाउने जस्ता कार्यले वायु प्रदूषण वृद्धि हुने तथा जनस्वास्थ्यमा समेत प्रतिकूल असर पर्ने हुँदा यस्ता कार्यलाई प्रतिबन्ध लगाइएको जानकारी गराइन्छ । साथै यस्ता कार्यहरू कहीँकतै कसैले गरेमा काठमाडौँ महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ तथा आर्थिक ऐन. २०८१ बमोजिम कारबाही हुने व्यहोरा सम्बन्धित सबैमा जानकारीका लागि यो सूचना प्रकारान गरिएको छ ।’, महानगरको सूचनामा उल्लेख छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्