काठमाडौं । काठमाडौं फोटोग्राफर संघले ‘केपीए वेडिङ फोटो अवार्ड २०२४’ सम्पन्न गरेको छ । संघले उक्त कार्यक्रम भव्यताका साथ राष्ट्रिय नाचघर जमलमा सम्पन्न गरेको हो । देशैभरका विवाहमा खिचिएका विभिन्न जात जातिका धर्म संस्कृति झल्किने खालका तस्बिरहरूको संकलन गरी मुख्य विधामा १०० , pre- wedding post -wedding तर्फ सहायक विधामा २० मध्यका फोटोहरू र उत्कृष्ट भिडियोहरु मध्येबाट ५ भिडियोहरुलाई संघले अवार्ड वितरण गरेको थियो।

उक्त अवार्ड कार्यक्रममा उत्कृष्ट १० मा पर्न सफल फोटोग्राफरहरू संजय मगर ,ओम प्रकाश कुसुवाहा, लक्ष्मीपति पौडेल , सौगात भट्ट , प्रकाश गौतम , महेश डंगोल, रामबहादुर तामाङ , रत्नबहादुर बस्नेत, आकाश कुमार चौधरी , सानुकाजी महर्जन रहेका थिए । उत्कृष्ट फोटो मध्य पहिलो स्थान ओगट्न सफल सञ्जय मगरले फुल फ्रेम मिररलेस क्यामेरा सहित विभिन्न उपहारहरू प्राप्त गरेका छन् । यस्तै दोस्रो र तेस्रो स्थान क्रमश ओमप्रकाश कुसुवाह र लक्ष्मीपति पौडेलभएका छन् भने सहायक बिधामा प्रि पोस्ट वेडिङतर्फ उत्कृष्ट प्रथम दिपक मैनाली, द्वितीय अजय बुढाथोकी, तृतीय स्थान कर्णबहादुर तिवारी र भिडियोतर्फ उत्कृष्ट भिडियो बनाउन सफल पशुपति श्रेष्ठले ड्रोन क्यामेरा सहित विभिन्न उपहारहरू प्राप्त गरेका छन् ।

उक्त फोटो र भिडियो सङ्कलन गर्ने क्रममा उक्त कार्यक्रमका संयोजक आनन्द प्रभाकर घिमिरेले देशैभरबाट संकलन भएका फोटो तथा भिडियोहरू उत्कृष्ट रहेको र निर्णायक मण्डलबाट आएको नतिजालाई सार्वजनिक गरेको कुरा बताएका छन्।
यस्तै कार्यक्रमका प्रमुख अतिथि संस्कृति पर्यटन तथा उडयन मन्त्री पौडेलले सबै फोटोहरू उत्कृष्ट रहेको र नेपाली संस्कृति र परम्परामा आधारित सम्पूर्ण विवाहमा खिचिएका तस्बिरहरु र भिडियोहरूले नेपाली परम्परा र संस्कृतिको जगेर्ना गर्ने बताए । उक्त कार्यक्रमको सञ्चालन दीपक समिर तथा एलिजा कुतालले गरेका थिए । उक्त कार्यक्रममा सभापतिको भूमिका निर्वाह गरेका सङ्घका अध्यक्ष हरिप्रसाद घिमिरेले देशै भरबाट फोटो र भिडियो पठाई सहयोग गर्ने सम्पूर्ण फोटोग्राफरहरुप्रति आभार व्यक्त गरेका थिए ।
उक्त उत्कृष्ट १२० फोटो तथा भिडियोहरूलाई २०८१ पौष १३ गते ११ बजेदेखि ४ बजेसम्म नेपाल कला परिषदमा प्रदर्शनीको लागि राखिएको थियाे।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्