काठमाडौँ । दुबई पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ललितपुरको महालक्ष्मी नगरपालिका-६ बस्ने ४६ वर्षीय मन्जित चित्रकार रहेका छन् ।
उनले आकर्षक तलबको प्रलोबन देखाएर दुबई पठाइदिने भन्दै ४ लाख रुपैयाँ ठगी गरेका थिए । चित्रकार सम्पर्क विहीन भएको भन्दै पीडितले प्रहरी समक्ष उजुरी दिएका थिए ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीको टोलीले सोही उजुरीको आधारमा चित्रकारलाई काठमाडौँबाट बिहीबार पक्राउ गरेको हो।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्