Skip to content
LAXMI SUNRISE BANK

मञ्जुश्री फाइनान्सको लाभांश घोषणा

अर्थ सरोकार

काठमाडौँ । मञ्जुश्री फाइनान्सले आफ्ना सेयरधनीलाई लाभांश दिने घोषणा गरेको छ । फाइनान्सले गत आर्थिक वर्षको मुनाफाबाट ६.३५ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।

कम्पनीको आइतबार बसेको सञ्चालक समिति बैठकले सेयरधनीलाई कर प्रयोजन सहित ६.३५ प्रतिशत लाभांश दिने निर्णय गरेको हो । यसर्थ, कम्पनीले ८ करोड ५८ लाख २३ हजार ६०५ रुपैयाँ नगदमा खर्च गर्नेछ ।

उक्त प्रस्तावित लाभांश नियामक राष्ट्र बैंक र आगामी साधारण सभाले अनुमोदन गरेपछि मात्र लगानीकर्ताले पाउने छन् ।

कम्पनीले आर्थिक वर्ष २०७९/८० मा भने ५. २५३ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK