काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट फेरि १०० अर्ब रुपैयाँ तान्ने भएको छ । प्रणालीमा अधिक तरलता थुप्रिएपछि राष्ट्र बैंकले बुधबार (पुष ३ गते) १०० अर्ब रुपैयाँ तान्न लागेको हो ।
प्रणालीमा पैसा थुप्रिएपछि तरलता व्यवस्थापनका लागि निक्षेप संकलन उपकरणमार्फत १०० अर्ब रुपैयाँ तान्न लागेको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार निक्षेप संकलनका लागि दिउँसो २ बजे बोलकबोल हुनेछ ।
राष्ट्र बैंकमा निक्षेप राख्न चाहने बैंक तथा वित्तीय संस्थाले न्यूनतम १० करोड र अधिकतम ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जानेगरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन् ।
यो निक्षेप संकलन उपकरणको म्याद २१ दिनको रहनेछ भने साँवा र ब्याज भुक्तानी पुष २४ गते हुने राष्ट्र बैंकले जनाएको छ । निक्षेप संकलन उपकरणको बोलकबोलमा इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्रै सहभागी हुने पाउनेछन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्