Skip to content
LAXMI SUNRISE BANK

सोमबार १२.८४ अंकले घट्यो नेप्से, ५ अर्ब ६२ करोडमाथिको सेयर कारोबार

अर्थ सरोकार

काठमाडौँ । सोमबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । आज नेप्से परिसूचक १२.८४ अंकले घटेर २६७६.१५ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३ सय १७ कम्पनीको एक करोड १५ लाख २३ हजार ३ कित्ता सेयर खरिद बिक्री हुँदा ५ अर्ब ६२ करोडमाथिको सेयर कारोबार भएको छ ।

सोमबार सबैभन्दा धेरै कारोबार एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको भएको छ । यस कम्पनीको ३५ करोड २७ लाख २० हजार ४ सय ४९ रुपैयाँ बराबरको कारोबार भएको छ ।

त्यस्तै, आजको बजारमा इमर्जिङ नेपाल लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्य ८ प्रतिशतभन्दा धेरैले बढेको हो ।

यता, स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK