Skip to content
LAXMI SUNRISE BANK

मंगलबार ३३.०८ अंकले घट्यो नेप्से परिसूचक

अर्थ सरोकार

काठमाडौँ । मंगलबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । आज नेप्से परिसूचक ३३.०८ अंकले घटेर २५७६.५० बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३ सय ८ कम्पनीको एक करोड ३१ लाख ७४ हजार ३ सय ७९ कित्ता सेयर खरिद बिक्री हुँदा ५ अर्ब ६७ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार प्रभु बैंक लिमिटेडको भएको छ । यस कम्पनीको ३५ करोड ९४ लाख ९२ हजार ३४ रुपैयाँ ८० पैसा बराबरको कारोबार भएको छ ।

त्यस्तै, नाडेप लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्य ४ प्रतिशतभन्दा धेरैले बढेको हो ।

यता, सपोर्ट माइक्रोफाइनान्सका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ । आजको बजारमा सपोर्ट माइक्रोफाइनान्ससहित तीन कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK