Skip to content
LAXMI SUNRISE BANK

बिहीबार ३३.४२ अंकले घट्यो नेप्से परिसूचक

अर्थ सरोकार

काठमाडौँ । साताको कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । आज नेप्से परिसूचक ३३.४२ अंकले घटेर २६८२.२९ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३ सय ४ कम्पनीको एक करोड २३ लाख ७१ हजार ३ सय १८ कित्ता सेयर खरिद बिक्री हुँदा ६ अर्ब १४ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार जानकी फाइनान्स कम्पनीको भएको छ । यस कम्पनीको २६ करोड १२ लाख १४ हजार ७२ रुपैयाँ बराबरको कारोबार भएको छ ।

त्यस्तै, आजको बजारमा त्रिसुली जल विद्युत कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्य ८ प्रतिशतभन्दा धेरैले बढेको हो ।

यता, जानकी फाइनान्सका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ७ प्रतिशतभन्दा धेरैले घटेको हो ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK