Skip to content
LAXMI SUNRISE BANK

गणपति लघुवित्तद्धारा एक दिने बाख्रा पालन तालिम सम्पन्न

अर्थ सरोकार

काठमाडौँ । गणपति लघुवित्त वित्तिय संस्थाले एक दिने सदस्य सिप विकास तालिम सम्पन्न गरेको छ । यस लघुवित्तको शाखा कार्यालय मुग्लिन चितवनले सीप विकास तालिम अन्तर्गत सदस्यहरुको क्षमता अभिबृद्धिका लागि एक दिने बाख्रा पालन तालिम सम्पन्न गरेको हो ।

संस्थामा आबद्ध सदस्यहरुको क्षमता अभिवृद्धी गर्ने उदेश्यले २८ जनालाई २०८१ साल मंसिर २८ गते शुक्रबारका दिन मुग्लीनमा उक्त तालिम प्रदान गरिएको हो । शाखा प्रबन्धक संगम पोख्रेलको अध्यक्षतामा सम्पन्न तालिमको प्रशिक्षण ईच्छाकामना गाउँपालिका पशुसेवा शाखाका मोहन लाल श्रेष्ठ र रेसम चेपाङले दिए ।

तालिममा सहभागिहरुलाई प्रमुख प्रशिक्षक मोहन लाल श्रेस्ठ र संस्थाका अनुगमन अधिकृत गोकर्ण प्रसाद जोशिले संयुक्त रुपमा प्रमाण पत्र वितरण गरे ।

यस शाखाले गत वर्ष कृषक सदस्यहरुलाई तरकारी खेति सम्बन्धि तालिम सदस्यको क्षमता अभिबृद्धीका लागि विगत बर्ष देखि निरन्तर सिपमुलक तालिम प्रदान गर्दै आएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK