काठमाडौँ । गणपति लघुवित्तको शाखा कार्यालय साँगाले एक दिने साबुन बनाउने तालिम सम्पन्न गरेको छ । गणपति लघुवित्त वित्तिय संस्था शाखा कार्यालय साँगा काभ्रेले सीप विकास तालिम अन्तर्गत सदस्यहरुको क्षमता अभिबृद्धिका लागि एक दिने साबुन बनाउने तालिम संचालन गरेर सम्पन्न गरेको हो ।

संस्थामा आबद्ध सदस्यहरुको क्षमता अभिवृद्धी गर्ने उदेश्यले १९ जना ग्राहक सदस्यहरु सहित २६ जनालाई २०८१ साल मंसिर २७ गते बिहिबारका दिन साँगामा उक्त तालिम प्रदान गरिएको हो । शाखा प्रबन्धक रोहिणि प्रसाद चौलागाईको अध्यक्षतामा सम्पन्न तालिमको प्रशिक्षण विषय विज्ञ विमला नयाँजुले जानकारी दिएकी हुन् ।
तालिममा सहभागिहरुलाई प्रमुख अतिथि संस्थाका अनुगमन अधिकृत गोकर्ण प्रसाद जोशिले प्रमाण पत्र वितरण गरे । यस शाखाले सदस्यको क्षमता अभिबृद्धीका लागि विगत वर्ष देखि निरन्तर सिपमुलक तालिम प्रदान गर्दै आएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्