काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना भएका छन् । प्रोस्टेटसम्बन्धी उपचारका लागि उनलाई त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल भर्ना गरिएको हो ।
राष्ट्रपतिलाई आज बिहान उपचारार्थ भर्ना गरिएको अस्पतालका निमित्त कार्यकारी निर्देशक प्राध्यापक डाक्टर घनश्याम गुरुङले जानकारी दिएका छन् ।