काठमाडौँ । पत्रकार सन्तोष देउजामाथि आक्रमण गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ता पक्राउ परेका छन् । रास्वपा भरतपुर १२ का सभापति समेत रहेका दिपक सेढाईँलाई गएराती उनकै घरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको हो ।
रास्वपा सभापति रवि लामिछाने चितवन प्रहरीको हिरासतमा हुदाँ भएको रास्वपाकै आन्दोलनको रिर्पोटिङका क्रममा कपुरबोट मिडियाका सञ्चालक समेत रहेका देउजामाथि सेढाईँकै समुहले भौतिक आक्रमण गरेको थियो । यो घटनाको भत्र्सना गर्दै पत्रकार सम्बद्ध संघ संगठनहरुले कुटपिटमै उत्रिएका रास्वपा कार्यकर्तामाथि कार्वाहीको माग गरेका थिए ।
नेपाल पत्रकार महासंघ केन्द्रिय समिति, वागमति प्रदेशसँगै जिल्ला शाखाले विज्ञप्ती जारी गर्दै घटनाको घोर भत्र्सना गरेका हुन् । साथै, नेपाली कांग्रेस र नेकपा एमाले चितवन जिल्ला कमिटीले पत्रकारमाथि आक्रमण गर्ने गिरोहलाई कार्वाहीका लागि ध्यानार्कषण गराएका थिए ।
यस सँगै राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सहप्रवक्ता मनिष झा र जिल्ला समितिले आफनो आन्दोलनमा घुसपैठ भएको भएको भन्दै पत्रकारमाथि आक्रमण गर्ने समुहलाई कार्वाही गर्न सघाउने बताएको थियो । पत्रकार देउजाले जिल्ला प्रहरी कार्यालय चितवनमा दिएको उजुरीका आधारमा अनुसन्धान गर्दै वडा सभापति सेढाईँलाई पक्राउ गरिएको बताएको छ ।यो घटनामा जोडिएका अन्य व्यक्तिहरुको खोजी भईरहेको प्रहरी प्रवक्ता भेषराज रिजालले बताएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्