×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिटी एक्सप्रेस मनि ट्रान्सफर र दुबईको जोयालुकास एक्सचेन्जबीच रेमिटान्स सम्झौता

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

सिटी एक्सप्रेस मनि ट्रान्सफर र दुबईको जोयालुकास एक्सचेन्जबीच रेमिटान्स सम्झौता

Artha Sarokar

३ पुष २०८१, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । सिटी एक्सप्रेस मनि ट्रान्सफर र दुबईको ख्यातिप्राप्त जोयालुकास एक्सचेन्जबीच रेमिटान्स कारोबार सुरु भएको छ । दुबईमा रहेका नेपालीहरुले जोयालुकास एक्सचेन्जको सेवा प्रयोगगरी सिटी एक्सप्रेसमार्फत सजिलै आफ्नो आफन्तलाई नेपालमा पैसा पठाउन सक्नेछन् ।

नेपालमा सिटी एक्सप्रेससँंग आबद्ध २५ हजारभन्दा बढि एजेन्टहरुबाट सजिलै भुक्तानी लिन सकिन्छ र नेपालको जुन सुकै बैंकको खातामा पनि रकम जम्मा अथवा मोबाईल वालेटमा लोड गर्न सकिन्छ ।

यस सम्झौताका आधारमा वैदेशिक रोजगारीमा रहेका नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई सहज र गुणस्तरिय विप्रेषण सेवा प्रदान हुने बिश्वास लिन सकिन्छ ।

सिटी एक्सप्रेस मनि ट्रान्सफरले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १८ वर्ष देखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । हालै सिटी एक्सप्रेस मनि ट्रान्सफरले सिटी पे वालेटमार्फत अनलाइन भुक्तानीको सेवा सुचारु गरेको छ साथै सिटी पे बाट रेमिटेन्स भुक्तानी पनि गर्न सकिन्छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी