×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

शिव शंकर हाईड्रो इन्भेष्टमेन्टले आइपिओ निष्काशन गर्दै, बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल नियुक्त

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

शिव शंकर हाईड्रो इन्भेष्टमेन्टले आइपिओ निष्काशन गर्दै, बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल नियुक्त

Artha Sarokar

५ पुष २०८१, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । शिव शंकर हाईड्रो इन्भेष्टमेन्ट लिमिटेडले आइपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले १०० अंकित दरका २५ लाख कित्ताले हुन आउने २५ करोड रकम बराबरको साधारण सेयर (आइपीओ ) निष्काशन तथा बिक्री गर्न लागेको हो ।

कम्पनीले आइपीओ निष्काशनको लागि बिक्री प्रबन्धकमा लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । बिक्री प्रबन्धक सम्बन्धी सम्झौतामा लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठ र शिव शंकर हाईड्रो इन्भेष्टमेन्ट लिमिटेडका तर्फबाट अध्यक्ष खगेश्वर बोहराले हस्ताक्षर गरेका छन् ।

यस सम्झौतामा शिव शंकर हाईड्रो इन्भेष्टमेन्ट लिमिटेडका तर्फबाट प्रबन्ध निर्देशक दिपक राज जोशीको समेत उपस्थिति थियो । शिव शंकर हाईड्रो इन्भेष्टमेन्ट लिमिटेड, शिव शंकर इन्भेष्टमेन्ट प्रालि र जय गणेश इन्भेष्टमेन्ट प्रालि एक आपसमा गाभिएर स्थापित भएको एक लगानी (इन्भेष्टमेन्ट) कम्पनी हो। जसले मुख्यतया जलविद्युत, पुर्वाधार क्षेत्र र अन्य उत्पादनशील क्षेत्रमा आफ्नो लगानीको दायरा केन्द्रित गरेको छ ।

हाल कम्पनीले सानिगार्ड हाइड्रो लिमिटेड (३८.४६ मेगावाट), कलंगा हाइड्रो लिमिटेड (१५.३३ मेगावाट), बुङ्गल हाइड्रो लिमिटेड (१०.७ मेगावाट) र भिजन ईनर्जी एण्ड पावर लिमिटेड (५७.५ मेगावाट) नामक जलबिद्युत कम्पनीहरुमा लगानी गरेको छ । उल्लिखित कम्पनीहरु मध्ये पहिलो तीन कम्पनीहरु संचालनमा आईसकेको र प्राथमिक सेयर निष्काशनको प्रकृयाका लागि नेपाल धितोपत्र बोर्डमा दर्ता भईसकेको छ ।

शिव शंकर हाईड्रो इन्भेष्टमेन्ट लिमिटेडले साधारण सेयर निष्काशन पश्चात उक्त कम्पनीको चुक्ता पूँजी १ अर्ब ५ करोड रुपैयाँ पुग्नेछ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी