×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

स्कुलस्कुलमा ट्राफिक शिक्षा दिँदै शिद्धराज विष्ट

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

स्कुलस्कुलमा ट्राफिक शिक्षा दिँदै शिद्धराज विष्ट

Artha Sarokar

९ पुष २०८१, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

धनगढी । धनगढीको ट्राफिक सचेतना र ट्राफिक व्यवस्थापनमा सक्रिय भूमिका खेल्दै आएका ट्राफिक प्रहरी हवल्दार शिद्धराज विष्टले स्कुलस्कुलमा पनि ट्राफिक शिक्षा दिन सुरु गरेका छन् ।

अस्थायी ट्राफिक प्रहरी पोष्ट फूलवारीका इन्चार्जसमेत रहेका प्रह विष्टले आइतबार धनगढी उपमहानगरपालिका-१४ स्थित जन जागृति माध्यामिक विद्यालयका विद्यार्थीहरुलाई ट्राफिक शिक्षा दिएका हुन् ।

पछिल्लो समय विद्यालय जाने क्रममा र विद्यालय छुट्टी भएपछि घर फर्किने क्रममा सडकमा विद्यार्थीको चाप बढि हुँदा दुर्घटना हुनसक्ने जोखिमलाई मध्यनजर गर्दै ट्राफिक शिक्षा दिइएको प्रह विष्टले बताएका छन् । विष्टका अनुसार विद्यार्थीहरुलाई सडक कसरी प्रयोग गर्ने ? सडक कसरी काट्ने ? दुर्घटना कसरी हुन्छ ? र बच्न के गर्ने ? भन्ने विषयमा सचेतना दिइएको छ ।

ट्राफिक सेचतना कार्यक्रममा विद्यार्थीहरुको उत्साहजनक उपस्थिति रहेको थियो । उनीहरुले उक्त कार्यक्रमले सडक दुर्घटना न्यूनिकरणमा ठूलो मद्दत गर्ने प्रतिक्रिया दिएका छन् ।

CITIZEN LIFE INSURANCE
National Life Insurance
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी