काठमाडौँ । श्रीलंकाले सवारी साधन आयतमा लगाइएको प्रतिबन्ध फुकुवा गरेको छ । सन् २०२० मा सवारी साधन आयातमा लगाइएको प्रतिबन्ध श्रीलंकाले ४ वर्षपछि फुकुवा गरेको हो ।
विश्वव्यापी महामारी कोभिड-१९ र आर्थिक संकटका कारण विदेशी मुद्रा सञ्चितिमा परेको दबाब कम गर्न आयात प्रतिबन्ध लगाइएको भए पनि अहिले भने उक्त प्रतिबन्ध हटाइएको श्रीलंकाको अर्थ मन्त्रालयले पुष्टि गरेको छ ।
हाल सार्वजनिक सवारी साधन आयात अनुमति दिइएको भए पनि सन् २०२५ फेब्रुअरीदेखि व्यक्तिगत प्रयोगका लागि कार आयात गर्न अनुमति दिइने श्रीलंकाका राष्ट्रपति अनुरा कुमार दिसानायकेले बताएका छन् ।
योसँगै अब सबै आयातकर्ताहरुले सवारी साधन आयात गरेको तीन महिनाभित्र आफ्नो आयात बिक्री गरिसक्नुपर्नेछ । तोकिएको समयावधिभित्र बिक्री गर्न नसके तीन प्रतिशत महसुल तिर्नुपर्नेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्