×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनआईसी एशिया बैंकका कम्पनी सचिवलाई निलम्बन गर

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

एनआईसी एशिया बैंकका कम्पनी सचिवलाई निलम्बन गर

Artha Sarokar

१८ मंसिर २०८१, मंगलवार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

काठमाडौँ । एनआइसी एशिया बैंक लिमिटेडका कम्पनी सचिव दिपेन कार्कीमाथि आफ्नै पूर्व कर्मचारीमाथि  दुर्व्यवहार गरेको आरोप लागेको छ भने एक युवतीलाई जागिर लगाईदिन्छु भन्दै गैरकानुनी कागज भेटिएको छ । उनी विरुद्ध प्रहरीमा जाहेरी परेपछि केहि दिन अघि मात्र उनलाई प्रहरीले एक रात थुनी, भोलिपल्ट जाहेरीकर्तासँग मिलापत्रको कागज बनेपछि छोडेको थियो । भलै, जाहेरीकर्ता युवतीले आफुलाई मिलापत्र करकापमा गराइएको, कागजमा के लेखेको छ भन्नेसमेत थाहा नभएको भन्दै अदालतको बाटो ढकढकाउने तयारीमा छिन् । एकातर्फ आफ्नै पूर्व कर्मचारीमाथि हिंसा गरेको आरोप त अर्कोतर्फ जागिरको प्रलोभनमा गैरकानुनी कागज गरेको आरोप लाग्दा पनि उनी अहिलेसम्म कम्पनीसचिवकै हैसियतमा निर्धक्क काम गरिरहेका छन् । यसमा बैंक व्यवस्थापन, र बोर्डको नियत गलत मात्र देखिएको छैन, यस्ता प्रवृतिलाई संरक्षण गरेको देखिन्छ ।
केहि समय अगाडी बैंकको कन्फेरेन्सको भिडियो खिचेको भन्दै बैंकले केहि महिला कर्मचारीहरुलाई भोलिपल्टै सरुवा गरेको थियो । असहज सरुवा भएपछि उनीहरु जागिर छोड्न बाध्य भएका थिए । उनीहरु पनि आरोपित मात्र थिए, उनीहरुले सो काम गरेको प्रमाणित भईसकेको थिएन । अझ सरुवा भएपछि जागिर छोड्न बाध्य भएकी एक महिला त सो केसमा ‘निर्दोष’ थिइन् । अनि महिलाको केसमा दोषी प्रमाणित नै नभई सरुवा गर्ने बैंकले दिपेन कार्कीले यस्तो हदैसम्मको गैरकानुनी काम गर्दा पनि के कारणले कारवाही भोगिरहनुपरेको छैन ? प्रश्न गम्भीर मात्र होइन, संवेदनशील पनि छ ।
कार्की माथि लागेको दुई गम्भीर आरोप मध्ये पूर्व कर्मचारी महिलामाथिको हिंसाको घटनामा राष्ट्र बैंकको पछिल्लो महिला हिंसा प्रकरण थप पेचिलो बनेको देखिएको छ । एनआइसी एशिया बैंकका कम्पनी सचिवबाट पिडित भनिएकी युवती राष्ट्र बैंकमा उजुरी लिएर जान चाहान्थिन् । तर, राष्ट्र बैंकमै सोहि प्रकृतिको घटनामा हाकिमहरु नै दोषी ठहर भईसकेपछि पीडीत भनिएकी युवतीको भरोसा टुटेको छ ।
अहिले बैंक दिपेन कार्कीलाई संरक्षण गर्नुपर्छ भन्ने लाइनमा देखिएको प्रष्ट छ । तर, कार्कीमाथि जागिर लगाईदिन्छु भनेर जसरी आफ्नै पूर्व महिला कर्मचारीमाथि हिंसा गरेको भन्ने आरोप लागेको छ, यसले बैंकमा काम गर्ने सयौँ महिला कर्मचारीलाई सोच्न बाध्य बनाएको हुनुपर्छ । मात्र, जागिर जाने डरले उनीहरु बोलिरहेका छैनन् ।
दोषी ठहर नभई कार्कीमाथि एक्सन लिनु ठिक होला र ? भन्ने प्रश्न उठ्न सक्छ । जरुर, उनी दुई प्रकरणमध्ये एकमा दोषी ठहर भइसकेका छैनन् । तर उनलाई जागिरबाट भन्दा पनि कम्पनीसचिवको भूमिकाबाट तत्काल निकालिनुपर्छ । कारण, अहिले पनि उनले विभिन्न व्यक्ति प्रयोग गरेर पीडीतलाई थप पीडा हुनेगरी थर्काउन लगाईरहेको आरोप ती युवतीको छ । हिंसा र गैरकानुनी कागजको मनोवृति भएको मान्छेबाट कम्पनी सचिवको भूमिका चल्दैन, चल्नुहुँदैन ।
अर्को कारण, कार्की मात्र बैंकका मामुली कर्मचारी होइनन्, उनी कम्पनी सचिव पनि हुन् । भोलि, साधारणसभामा एउटा महिला हिंसाको आरोपित व्यक्तिले संचालन गरेको सभा कसरी सोभनीय हुन्छ ? एउटा महिला हिंसाको आरोपित व्यक्ति एनआईसी एशिया बैंकको कम्पनी सचिवजस्तो पदमा बसिरहन कुन नैतिकताले दिन्छ ?
कार्कीले बैंकको नामको आडमा गैरकानुनी कागज गरेका छन् । बैंकले उनलाई सामान्य स्पष्टिकरणसमेत सोधेको छैन । यसको अर्थ बैंकको आडमा कतै बैंकका अरु पनि कर्मचारी यस्तै गलत गरिरहेका छन्, र त्यसको संरक्षणमा बैंक छ भन्ने त होइन ? यहाँ ‘बुडी मरी भन्दा पनि काल पल्केको’ पीर छ । उनले ३० दिनभित्र जागिर लगाईदिन्छु भन्दै कुन कानुनलाई टेकेर कागज गरे ? कतै जागिर दिन्छु भनेर उनी अनावश्यक लेनदेनमा त लागिरहेका छैनन् ? बैंकले तत्काल उनीमाथि अनुसन्धान गर्नुपर्छ । उनको सम्पत्ति छानविन गर्नुपर्छ । अन्यथा, यसको जवाफ भोलि साधारणसभामा सेयरधनीहरुले माग्नेछन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी