काठमाडौँ । नुवाकोटमा १६ करोडको ठेक्का लिएर ठेकेदार नै गायब भएपछि आयोजना अलपत्र परेको छ । शिवपुरी गाउँपालिका-४ स्थित आइतरामपाटी-पुणीभञ्ज्याङ हुँदै सिक्रे मैदान, तलाखु, छाप सडक स्तरोन्नतिको जिम्मा लिएर ठेकेदार कम्पनी नै बेपत्ता भएपछि आयोजना अलपत्र परेको हो ।
उक्त आयोजनाको ठेक्का केबिएनएस-केबिके जेभीले पाएको थियो । तर, आयोजनाको शिलन्यासपछि उक्त कम्पनी सम्पर्कविहीन छ ।
ठेकेदार कम्पनी नै सम्पर्कविहीन भएपछि हाल उक्त कम्पनीलाई कार्यक्षेत्रमा फर्किएर काम सुरु गर्न पूर्वाधार विकास कार्यालय नुवाकोटले पत्रसमेत काटेको छ । तर, कम्पनीका सम्पर्क व्यक्ति भने सम्पर्कविहीन छन् ।
कार्यालय प्रमुख सुजन थापाका अनुसार उक्त कम्पनीसँग जेठ १७ गते निर्माणको सम्झौता भएको थियो । त्यसप्रश्चात कार्तिक ६ गते सडक शिलान्यास भएको थियो । तर, शिलान्यासपछि ठेकेदार कम्पनी नै सम्पर्कविहीन छ ।
२० वर्षअघि ट्रयाक खोलिएको उक्त सडकको करिब ६ किलोमिटर स्तरोन्नतिसहित कालोपत्र गर्न १६ करोड ३० लाखमा केबिएनएस-केबिके जेभीले ठेक्का लिएको थियो ।
निर्माणको जिम्मा लगाउने समयमा भएको सहमतिअनुसार काम नभएपछि योजना कार्यान्वयनका लागि बजेटको स्रोत सुनिश्चितता गर्ने बागमती प्रदेश सरकारको तर्फबाट मुख्यमन्त्री बहादुरसिंह लामाले निर्माण सुरु गर्न ढिलो नगर्न पूर्वाधार विकास कार्यालयलाई निर्देशन दिएका छन् । सोपश्चात कार्यालयले निर्माण व्यावसायीलाई कार्यक्षेत्रमा फर्कन खोजी थालेको हो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्