काठमाडौँ । सरकारले उखुको समर्थन मूल्य तोकेको छ । आइतबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै सरकारले उखुको समर्थन मूल्य तोकेको जानकारी दिएका हुन् ।
गुरुङका अनुसार सरकारले चालु आर्थिक वर्षका लागि उखुको समर्थन मूल्य प्रतिक्विन्टल ५ सय ८५ रुपैयाँ निर्धारण गर्ने निर्णय गरेको छ । जसमा उखुको उत्पादन लागत, ढुवानी भाडा र मुनाफा पनि समावेश गरिएको गुरुङले जानकारी दिएका छन् ।
त्यस्तै, मन्त्रिपरिषद्का थप निर्णय सार्वजनिक गर्दै मन्त्री गुरुङले मंसिर १७ देखि २० गतेसम्म प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने चीन भ्रमण स्वीकृत गरिएको जानकारी गराएका छन् ।
प्रधानमन्त्री ओलीको चीन भ्रमणसँगै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यको पुस ३ गतेदेखि १० गतेसम्मको गणतन्त्र कोरियामा फोहोरमैला व्यवस्थापनसम्बन्धी अध्ययन भ्रमणमा सहभागि हुनका लागि पनि स्वीकृति दिएको गुरुङले बताएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्