काठमाडौँ । सरकारले सिमेन्टमा भएको मूल्यवृद्धिप्रति चासो देखाएको छ । सिजनकै बेलामा सिमेन्टको मूल्य अस्वभाविक बढाइएको भन्दै निर्माण व्यवसायीहरुले विरोध गरेपछि सरकारले त्यसतर्फ चासो देखाएको हो ।
यहीबीच उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सिमेन्ट तथा छड उद्योगीहरुसँग मूल्यवृद्धिको कारण मागेको छ ।
विभागले व्यवसायी तथा सम्बन्धित सरोकारवालासँग गरेको बैठकपछि सिजनको समयमा सिमेन्ट र छडको मूल्यवृद्धिको कारण पेश गर्न निर्देशन दिएको हो । विभागका महानिर्देशक राजन पौडेलका अनुसार उद्योगीहरुसँग सिमेन्ट र छडको मूल्य बढाउनुको कारण स्पष्ट कारण पेश गर्न एक हप्ताको समय दिइएको छ ।
एक हप्ताभित्र सिमेन्ट र छडको मूल्यवृद्धि गर्नुको कारण पेश नगरे वा चित्तबुझ्दो जवाफ नआए कानून अनुसार कारवाही गरिने विभागले जनाएको छ ।
यता उद्योगीहरुले भने सिजनमा माग बढी हुँदा स्वभाविक रुपमा मूल्य बढेको र अर्कोतर्फ उद्योगहरु लोडसेडिङको मारमा परेकोले मूल्य समायोजन गर्नुपरेको तर्क प्रस्तुत गर्दै आएका छन् । यद्यपि उद्योगीहरुको उक्त तर्क चित्तबुझ्दो नदेखिएको विभागका अधिकारीहरुले बताएका छन् । पछिल्लो १० दिनमै सिमेन्ट तथा छड उद्योगहरुले सिमेन्टको मूल्य प्रतिबोरा १ सयदेखि १ सय २५ रुपैयाँसम्मले वृद्धि गरेका छन् भन् छडको मूल्य पनि १५ रुपैयाँसम्मले बढाएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्