Skip to content
LAXMI SUNRISE BANK

बुधबार २४.९७ अंकले घट्यो नेप्से परिसूचक

अर्थ सरोकार

काठमाडौँ । साताको कारोबारको चौथो दिन बुधबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । आज नेप्से परिसूचक २४.९७ अंकले घटेर २७५०.८७ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३ सय २० कम्पनीको सेयर खरिद २ करोड ३ लाख ३२ हजार ६६ कित्ता सेयर खरिद बिक्री हुँदा ९ अर्ब १३ करोडमाथिको  सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार जोशी हाइड्रोपावरको भएको छ । यस कम्पनीको ३० करोड ३० लाख ६९ हजार २ सय २५. ३० रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

त्यस्तै, बुधबारको बजारमा खानीखोला हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको हो ।

 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK