Skip to content
LAXMI SUNRISE BANK

मंगलबार ६.३२ अंकले घट्यो नेप्से परिसूचक

अर्थ सरोकार

काठमाडौँ । साताको कारोबारको तेश्रो दिन मंगलबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । आज नेप्से परिसूचक ६.३२ अंकले घटेर २६६९.८२ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३ सय ३ कम्पनीको ८७ लाख ६८ हजार ५ सय ६६ कित्ता सेयर खरिद बिक्री हुँदा ४ अर्ब ४१ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार एनआरएन इन्फ्रास्ट्रकचर एण्ड डेभलपमेन्टको भएको छ । यस कम्पनीको १८ करोड ९६ लाख २० हजार ३ सय ३ रुपैयाँ ४० पैसा बराबरको सेयर कारोबार भएको छ ।

त्यस्तै, मंगलबारको बजारमा जोशी हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्य ७ प्रतिशतभन्दा धेरैले बढेको हो ।

यता, एनआरएन इन्फ्रास्ट्रकचरका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ९ प्रतिशत भन्दा धेरैले घटेको हो ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK