काठमाडौँ । साताको कारोबारको पहिलो दिन सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । आज नेप्से ९.९९ अंकले घटेर २७३८.०६ बिन्दुमा पुगेको हो ।
आज नेप्सेमा ३ सय १४ कम्पनीको एक करोड ६७ लाख ६७ हजार १ सय ६८ कित्ता सेयर खरिद बिक्री हुँदा ८ अर्ब ८३ करोडमाथिको सेयर कारोबार भएको छ । आइतबार सबैभन्दा धेरै कारोबार एक्सेल डेभलपमेन्ट बैंकको भएको छ । यस कम्पनीको ३४ करोड ३१ लाख ४९ हजार ७ सय १७ रुपैयाँ ९० पैसा बराबरको कारोबार भएको छ ।
त्यस्तै, आजको बजारमा बिशाल बजार कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । आजको बजारमा बिशाल बजार कम्पनीसहित पाँच कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।
यता, जानकी फाइनान्स कम्पनीका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ ।