काठमाडौँ । साताको कारोबारको दोश्रो दिन सोमबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । आज नेप्से १९.९७ अंकले बढेर २७५८.०४ बिन्दुमा पुगेको हो ।
नेप्सेमा कुल ३ सय १४ कम्पनीको २ करोड ३० लाख ११ हजार ३ सय ६१ कित्ता सेयर खरिद बिक्री हुँदा १० अर्ब ५४ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार नेपाल फाइनान्सको भएको छ । यस कम्पनीको ५९ करोड ४७ लाख ५७ हजार ७ सय ६२ रुपैयाँ ५० पैसा बराबरको कारोबार भएको छ ।
त्यस्तै, आजको बजारमा तारागाउँ रिजेन्सी होटलका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । सोमबार तारागाउँसहित तीन कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।
यता, नेपाल फाइनान्सका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ८ प्रतिशत भन्दा धेरैले घटेको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्