Skip to content
LAXMI SUNRISE BANK

बुधबार ४५.८८ अंकले बढ्यो नेप्से परिसूचक

अर्थ सरोकार

काठमाडौँ । साताको कारोबारको चौथो दिन बुधबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । आज नेप्से परिसूचक ४५ . ८८ अंकले बढेर २७१५.७१ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३ सय ८ कम्पनीको एक करोड १ करोड १३ लाख ८६ हजार ८ सय ५४ कित्ता सेयर खरिद बिक्री हुँदा ५ अर्बमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार जानकी फाइनान्स कम्पनीको भएको छ । यस कम्पनीको ३६ करोड १५ लाख २ हजार ४ सय ४३ रुपैयाँ ६० पैसा बराबरको कारोबार भएको छ ।

त्यस्तै, न्यादी हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा धेरै  नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्य ९ प्रतिशत भन्दा धेरैले बढेको हो ।

यता, खानीखोला हाइड्रोपावर कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले घटेको हो ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK