Skip to content
LAXMI SUNRISE BANK

सखरखण्डको मूल्य २० रुपैयाँले घट्दा ३० रुपैयाँले बढ्यो पिंडालूको मूल्य

अर्थ सरोकार

काठमाडौँ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार आज सखरखण्डको मूल्य घट्दा पिंडालूको मूल्य बढेको छ । सखरखण्डको मूल्य २० रुपैयाँले बढेर प्रतिकेजी न्यूनतम ७० रुपैयाँ र पिंडालूको मूल्य ३० रुपैयाँले बढेर प्रतिकेजी न्यूनतम ९० रुपैयाँमा कारोबार भइरहेको छ ।

भारतीय ठुलो गोलभेडा ९० रुपैयाँ, लोकल सानो गोलभेडा ८० रुपैयाँ, सानो गोलभेडा (टनेल) ११० रुपैयाँ प्रतिकेजी रहेको छ । त्यस्तै, रातो आलु ६५ रुपैयाँ र भारतीय रातो आलु ५८ रुपैयाँ प्रतिकेजी रहेको छ ।

त्यसैगरी, लोकल गाजर १५० रुपैयाँ, तराई गाजर १३० रुपैयाँ, बन्दा लोकल ६० रुपैयाँ, बन्दा तराई ५५ रुपैयाँ, स्थानीय काउली ६० रुपैयाँ, रातो मुला ५०, सेतो मुला लोकल ५० रुपैयाँ, भन्टा लाम्चो ७० रुपैयाँ, भन्टा डल्लो ८०, तने बोडी ११०, मकै बोडी ६०, घिउ सिमी लोकल १२५, टाटे सिमी ११०, मटरकोशा १५० रुपैयाँ प्रतिकेजीमा कारोबार भईरहेको समितिले जनाएको छ ।

तितो करेला ९०, लौका ६०, लोकल परवर ७० रुपैयाँ, चिचिण्डो ५० रुपैयाँ, घिरौला ८०, फर्सी पाकेको ३०, हरियो फर्सी (डल्लो) ५०, भिण्डी १००, सखरखण्ड ७०, बरेला ६०, पिंडालू ९०, स्कुस १५ रुपैयाँ रहेको छ । त्यस्तै, रायो साग ४० र तोरीको साग ५० रुपैयाँ, मेथीको साग ९० रुपैयाँ र चमसूरको साग १२० रुपैयाँमा किनबेच भईरहेको छ ।

साथै, हरियो प्याज ९०, बकूला १३०, तरुल ८०, कन्य च्याउ १६०, डल्ले च्याउ २८०, राजा च्याउ २८०, रुख टमाटर १५०, कुरिलो ११००, ब्रोकाउली ११०, चुकन्दर ९०, जिरीको साग ९०, सेलेरी ३००, पार्सले ८००, पुदिना ३००, गान्टे मुला ७०, इमली १४५, तामा ९०, तोफु ११०, गुन्द्रुक २८०, अदुवा ११०, सुकेको खुर्सानी ३८०, हरियो खुर्सानी ४०, खुर्सानी हरियो (बुलेट) ६०, खुर्सानी हरियो (अकबरे) २८०, भेडे खुर्सानी ७५, हरियो लसुन २००, हरियो धनियाँ १८०, चाइनिज सुकेको लसुन ३५०, लसुन सुकेको नेपाली ३५०, छ्यापी सुकेको १४०, छ्यापी हरियो ३००, ताजा माछा (रहु) ३४५, ताजा माछा (बचुवा) २५० र ताजा माछा (छडी २४० रुपैयाँ रहेको समितिले सार्वजनिक गरेको मूल्यसुचीमा उल्लेख छ ।

यता, स्याउ (फूजी) २८०, केरा (दर्जन) १५०, कागती १४०, अनार ३५०, हरियो अंगुर २००, सुन्तला (भारतीय) ९०, जुनार ३००, भुई कटहर प्रति गोटा १८०, लोकल काक्रो १००, हाइब्रिड काक्रो ७०, निबुवा ६०, अम्बा १८०, नासपाती (चाइनिज) २३०, मेवा (नेपाली) ४०, लप्सी ४०, स्ट्रबेरी भुईऐसेलु ४००, शरीफा २००, किवि १८०, आभोकाडो २०० र अमला ८० रुपैयाँ न्युनतम मूल्यमा कारोबार भइरहेको छ ।

तरकारी तथा फलफूलको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘तरकारीको भाउ’ पेजमा गई सो विवरण हेर्न सकिन्छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK