काठमाडौँ । डिजिटल कारोबारमा लाग्ने शुल्कमा भ्याट लगाउने सरकारको निर्णय सर्वोच्च अदालतले सदर गरेको छ ।
मंगलबार न्यायाधीशहरु तिलप्रसाद श्रेष्ठ र टेक प्रसाद ढुंगानाको संयुक्त इजलासले डिजिटल कारोबारमा भ्याट लगाउन नहुने भन्दै सर्वोच्चमा परेको रिट खारेज गर्दै सरकारकै निर्णय सदर गरेको हो ।
सरकारले चालु आर्थिक वर्ष २०८१/८२ को आर्थिक ऐनमार्फत डिजिटल कारोबारमा लाग्ने शुल्कमा १३ प्रतिशत भ्याट लगाउने सरकारको निर्णय गरेको थियो । सरकारको सो निर्णय डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने नीति विपरीत भएको भन्दै सर्वोच्चमा निवेदन परेको थियो । तर, सर्वोच्चले उक्त रिट खारेज गरेको छ ।
योसँगै अब डिजिटल कारोबारमा लाग्ने शुल्कमा १३ प्रतिशत लगाउने सरकारको निर्णयले निरन्तरता पाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्