काठमाडौँ । सस्तोमा आइफोन भन्दै ठगी गर्ने तीन जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा झापाको बिर्तामोड नगरपालिका-३ घर भएका २१ वर्षीय अजित भण्डारी, गोरखाको सिरानचोक गाउँपालिका-५ घर भएका १९ वर्षीय विपिन मगराती र नुवाकोटको म्यागङ गाउँपालिका-२ कि २१ वर्षीया मधु तामाङ छन् ।
उनीहरुले फेसबुक पेज बनाएर सस्तोमा आइफोन बेच्ने भन्दै विज्ञापन गरी ठगी गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनीहरुले आइफोनका लागि एडभान्सबापतको पैसा हाल्न लगाउने र पैसा पाएपछि सम्पर्कविहीन हुने गरेका थिए ।
उनीहरुलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।