×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

विदेश पठाउने भन्दै रकम ठगी गर्ने तीन जना पक्राउ

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

विदेश पठाउने भन्दै रकम ठगी गर्ने तीन जना पक्राउ

Artha Sarokar

२४ मंसिर २०८१, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा २४ वर्षीया उमा तामाङ ३४ वर्षीय महेश प्रजापती र ३० वर्षिया शान्ती खड्गी रहेका छन् ।
उनीहरुलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यलयबाट खटिएको प्रहरी टोलीले काठमाडौँको विभिन्न स्थानबाट पक्राउ गरेको हो ।
पक्राउ परेकामध्ये उमा तामाङले १ जनालाई दुबई पठाउने भन्दै एक लाख ५० हजार रुपैयाँ, महेश प्रजापतीले दुबई पठाउने भन्दै एक लाख ८० हजार र शान्ती खड्गीले १ जनालाई रोमानिया पठाउने भन्दै पाँच लाख ७५ हजार रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ ।
आकर्षक तलबको प्रलोभनमा पारेर विदेश पठाउने भन्दै लामो समयसम्म झुक्यानमा राखे पश्चात विदेश नपठाई सम्पर्क विहीन भएको भन्दै पीडितहरुले उनीहरुबिरुद्द जाहेरी दिएका थिए ।
हाल उनीहरुलाई पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि वैदेशिक रोजगार विभाग पठाईएको प्रहरीले जनाएको छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी