×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

विदेश पठाउने भन्दै रकम ठग्ने दुई जना पक्राउ

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

विदेश पठाउने भन्दै रकम ठग्ने दुई जना पक्राउ

Artha Sarokar

२५ मंसिर २०८१, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ३० वर्षिया मधु तिमल्सिना अधिकारी र ३२ वर्षिया गीता कुँवर रहेका छन् ।

उनीहरुले बेरोजगार युवा युवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारेर विदेश पठाउने भन्दै रकम ठगी गरेका थिए ।

पक्राउ परेकामध्ये मधु तिमल्सिना अधिकारीले तीन जनालाई रोमानिया पठाउने भन्दै ७ लाख रुपैयाँ र गीता कुँवरले ८ जनालाई युके पठाउने भन्दै १६ लाख ५ हजार रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ ।

हाल उनीहरुलाई पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग पठाईएको प्रहरीले जनाएको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी