×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

विदेश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISHHOME

विदेश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ

Artha Sarokar

९ पुष २०८१, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ५३ वर्षीय  याद बहादुर बुर्जा मगर र ३५ वर्षीय संजय साह बानिया रहेका छन् ।
उनीहरुले आकर्षक तलबको प्रलोभनमा पारेर रकम ठगी गरेको प्रहरीले जनाएको छ । पक्राउ परेकामध्ये याद बहादुर बुर्जा मगरले दुई जनालाई क्रोएसिया पठाउने भन्दै ५ लाख ७५ हजार रुपैयाँ ठगी गरेका थिए भने संजय साह बानियाले एक जनालाई साइप्रस पठाउने भन्दै ४ लाख ६० हजार रुपैयाँ ठगी गरेका थिए ।
हाल उनीहरुलाई थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि वैदेशिक रोजगार विभाग पठाईएको प्रहरीले जनाएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी