काठमाडौँ । वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा २८ वर्षीय किशान कुमाल र ३३ वर्षीय युवक खड्का रहेका छन् ।
पक्राउ परेकामध्ये किशान कुमालले चार जनालाई इजरायल पठाउने भन्दै ३३ लाख ५० हजार रुपैयाँ र युवक खड्काले एक जनालाई मलेसिया पठाउने भन्दै २ लाख ५० हजार रुपैयाँ ठगी गरेका थिए ।
उनीहरुलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । हाल उनीहरुलाई थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि वैदेशिक रोजगार विभाग पठाईएको प्रहरीले जनाएको छ ।