काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद शिशिर खनालले नेपाली विश्वविद्यालयका टपरहरु (गोल्ड मेडलिस्ट)लाई सरकारी जागिरमा सिधै प्रवेश दिने कानूनी व्यवस्था गर्नुपर्ने बताएका छन् ।
बुधबार प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा भएको संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको छलफलका क्रममा सांसद खनालले नेपाली विश्वविद्यालयका टपरलाई सरकारी जागिरमा सिधा प्रवेश दिने व्यवस्था गर्नुपर्ने प्रस्ताव गरेका हुन् ।
नेपालबाट ठूलो युवा जनशक्ति विदेश गइरहेको बेला र नेपाली विश्वविद्यालय टप गर्नेहरु पनि अमेरिका, अस्ट्रेलियाका युनिभर्सिटीमा प्रोफेसर बन्न गइरहेको उल्लेख गर्दै उनले उनीहरुलाई सरकारी सेवामै प्रवेश गर्न प्रोत्साह गर्नुपर्नेमा जोड दिएका छन् ।
त्यस्तै, सांसद खनालले युवाहरुलाई सरकारी सेवामा आकर्षित गर्नका लागि पनि कानूनी व्यवस्था निजामती विधेयकमा राख्नुपर्ने प्रस्ताव गरेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्