काठमाडौँ । नेपाल बीमा प्राधिकरणको अध्यक्षका लागि १२ जनाको आवेदन परेको छ ।
प्राधिकरणको अध्यक्षका लागि आवेदन दिने आज (माघ ११ गते) अन्तिम दिन हो । आजसम्म अध्यक्षका लागि १२ जनाले आवेदन दिएको अर्थ मन्त्रालयले जनाएको छ । आवेदन दिनेहरुको नाम भने सार्वजनिक गरिएको छैन ।
प्राधिकरणका तत्कालीन सूर्यप्रसाद सिलवालविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएसँगै प्राधिकरण अध्यक्षविहीन बनेको थियो ।
हाल बीमा प्राधिकरणमा कार्यवाहक अध्यक्षको जिम्मेवारी अर्थ मन्त्रालयका सहसचिव मदन दाहालले सम्हाल्दै आएका छन् ।