काठमाडौँ । लुम्बिनीमा दान बापत करिब डेढ करोड रुपैयाँ सङ्कलन भएको छ । चालु आर्थिक वर्ष २०८१/८२ मै दोस्रो पटक गणना गरिएको मायादेवी मन्दिरको दानपेटिकाबाट १ करोड ४३ लाख ५९ हजार ९ सय ९० रुपैयाँ सङ्कलन भएको हो ।
लुम्बिनी विकास कोषका अनुसार उक्त रकम पुष १८ गतेदेखि २३ गतेसम्म (५ दिन) लगाएर गणना गरिएको हो ।
दानपेटिका स्थानीय तह, सुरक्षाकर्मी, प्रहरी र अन्य सरोकारवालाहरूको उपस्थितिमा खोलिएको थियो । दानपेटिकाको रकम सरोकारवाला निकायहरुकै उपस्थिति र सिसिटिभी क्यामेराको निगरानीमा कोषका ३२ जना कर्मचारी खटाएर गणना गरिएको कोषले जनाएको छ ।
दान बापत सङ्कलन भएको आम्दानीबाटै कोषको आन्तरिक खर्च व्यवस्थापन हुँदै आएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्